४. कार्यक्रमको किसिम
(१) कार्यक्रमको किसिम देहायबमोजिम हुनेछ ः–
(क) सिंचाई, खानेपानी, बाटो, पुल, विद्यालय आदि जस्ता भौतिक पूर्वाधार एवं सांस्कृतिक तथा धार्मिक विकास र मर्मत सम्बन्धी,
(ख) आयमूलक तालिक तथा शिप विकास सम्बन्धी,
(ग) शिक्षकको पारिश्रमिक, खेलकूद विकास तथा शैक्षिक सामग्री ढ…….. सम्बन्धी,
(घ) स्वास्थ्य सेवा, स्वास्थ्य सम्बन्धी उपकरण तथा औषधि सम्बन्धी,
(ङ) कुनै स्वीकृत कार्यक्रममा समायोजन कोष (म्याचिङ फण्ड) सम्बन्धी ।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यक्रम वापतको रकम देहायको कार्यमा खर्च गर्ने गरी कार्यक्रम छनौट तथा सञ्चालन गर्न सकिने छैन ः–
(क) दामासाहीले बाँडफाँड गरी वितरण गर्ने,
(ख) कुनै राजनीतिक दल वा तिनीहरूका भातृ संघ संगठन, कुनै संघ संस्था वा व्यक्तिलाई आर्थिक सहायता दिने,
(ग) कुनै गैर सरकारी संघ संस्था वा व्यतिmलाई आर्थिक सहायता दिने,
(ग) शिक्षा मन्त्रालयबाट निर्धारित मापदण्ड विपरीत कुनै विद्यालयको शिक्षकको पारिश्रमिक दिने ।
(१ख) यस नियमबमोजिम कार्यक्रम छनौट गर्दा कम्तीमा पचास प्रतिशत रकम पूर्वाधार निर्माणमा खर्च गर्ने गरी छनौट गर्नु पर्नेछ ।
(१ग) यस नियमावली बमोजिम कार्यक्रम छनौट गर्दा एक आर्थिक वर्षमा बढिमा सात वटासम्म कार्यक्रम छनौट गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिमका कार्यक्रम गैरसरकारी संस्था तथा अन्य निकाय स“ग ज्ञघसाझेदारी तथा समन्वय गरी सञ्चालन गर्न सकिनेछ ।